जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन सुरु, मतपत्र सुरक्षाको जिम्मा नेपाली सेनालाई

जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन सुरु, मतपत्र सुरक्षाको जिम्मा नेपाली सेनालाई

निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेसँगै विभिन्न जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन पठाउन सुरु गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको कार्यतालिका अघि बढाउन आयोगले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको बताए ।

प्रवक्ता पौडेलका अनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि उम्मेदवारको मनोनयनदेखि निर्वाचित भएको घोषणासमेत त्यही कार्यालयले गर्नेछ। काठमाडौँमा राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।

सदरमुकाम बाहेकका ठाउँमा गाउँपालिका तथा नगरपालिकाको कार्यालय नजिकै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगले जनाएको छ।

कार्यालय स्थापना गरिएसँगै बिहीबार मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बुमा निर्वाचन सामग्री पठाइएको जानकारी दिँदै प्रवक्ता पौडेलले बताए ।

मतपत्रको सुरक्षा तथा संवेदनशीलताका कारण मतपत्रका ट्रक ढुवानी नेपाली सेनाको सुरक्षा प्रबन्धसहित अन्तिम समयमा मात्रै गरिने प्रवक्ता पौडेलले बताए। देशभर पठाउने मतपत्र ढुवानीमा नेपाली सेनाले सुरक्षा दिने भएको छ। निर्वाचन आयोगले मतपत्र ढुवानी सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको हो।

मतपत्र र अरु निर्वाचन सामग्री ढुवानीका क्रममा कहाँ पुग्यो आयोगले जीपीएसबाट लोकेसन ट्रयाकिङ गर्ने व्यवस्था मिलाएको जनाएको छ। निर्वाचनका लागि १० हजार सय ५६ वटा मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार