मुसिकोटमा १२ जना माओवादी केन्द्र परित्याग गरि काँग्रेसमा प्रवेश

मुसिकोटमा १२ जना माओवादी केन्द्र परित्याग गरि काँग्रेसमा प्रवेश

मुसिकोट । रुकुम पश्चिमको मुसिकोटमा १२ जना नेकपा माओवादी केन्द्र परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।

मुसिकोट नगरपालिका वडा नम्बर ९ का नेकपा माओवादी केन्द्रका वडा कमिटि सदस्य मित्रलाल ओली सहित १२ जनाले नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस मुसीकोट नगर सचिव सूर्य प्रकाश शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका टोल कमिटि सदस्य भीमबहादुर खड्का, रुप लाल कठायत, गन सिं बुढा, अन बहादुर ओली, हुम बहादुर खड्का, चमारी खड्का, नौमाली वली, मन कुमारी ओली, देबिकला ओली, रकबिर ओली र नुन बहादुर खड्का रहेका छन ।

नवप्रबेसीहरुलाई नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र ‘क’ का सभापति महेन्द्र केसी, मुसिकोट सभापति प्रेम बहादुर ओली, सचिब सूर्य प्रकाश शर्मा, मुसिकोट  नगरपालिका ९ नम्बर वडाका सभापति याम बहादुर बुढा, विद्यार्थी नेता शोबिराम केसीले टिका तथा खादा लगाएर स्वागत गर्नुभएको बताईएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार