रुकुम पश्चिममा कसैले बुझाएनन् हतियार

रुकुम पश्चिममा कसैले बुझाएनन् हतियार

मुसिकोट । इजाजतप्राप्त हात हतियार कसैले पनि नबुझाएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम जनाएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको थियो । तर हालसम्म कसैले पनि नबुझाएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो ।

प्रशासनले गत चैत १३ गते स्थानीयतहको निर्वाचन आउँदै गरेकाले उक्त निर्वाचन सम्पन्न भए प्रश्चात पुनः फिर्ता पाउने गरी प्रहरीलाई बुझाउन भन्दै सूचना जारी गरेको थियो ।

हालसम्म जिल्ला प्रशासन कार्यालयबाट जारी इजाजत प्राप्त हरियारको संख्या ७८७ रहेपनि आर्थिक बर्ष २०७८/०७९ सम्म १२ थान मात्र हतियार जिल्ला प्रशासन कार्यालयमा नविकरण भएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार