रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धन

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धन

रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा नेकपा एमाले र नेपाली काङ्ग्रेस बिच गठबन्धन भएको छ । सत्ता गठबन्धनबीच तालमेल नभएपछि नेपाली कांग्रेस र नेकपा एमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसम्मको भागबन्डा गरेर गठबन्धन गरेका हुन् ।

गठवन्धनबाट गाउँपालिको अध्यक्षमा नेपाली कांग्रेसका दत्तबहादुर बस्नेत र उपाध्यक्षमा एमालेका गोपाल रेउलेले उम्मेद्वारी दिने बताईएको छ ।

अध्यक्षका उम्मेदवार बस्नेतले आफ्नो पार्टीको भागमा परेको वडा सहित आजै उम्मेद्वारी दर्ता गराइसक्नुभएको छ । वडा नम्बर १, २, ४ र ५ नम्बर वडामा कांग्रेसको भाग लागेको छ ।

यस्तै वडा नम्बर १ बाट कर्णबहादुर बुढा, २ बाट चंखबहादुर झाँक्री, ४ बाट खिमबहादुर केसी र ५ नम्बर वडाबाट विरेन्द्र बस्नेतले उम्मेदवारी दिनुभएको छ ।

एमालको भागमा परेको उपाध्यक्ष, ३, ६, ७ र ८ नम्बर वडाको उम्मेद्वारी भने परेको छैन ।

यस्तै एमाले कांग्रेसले सिस्ने र भूमे गाउँपालिकामा पनि तालमेल गर्ने गरी निर्णय गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार