मुसिकोट । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका विचमा गठबन्धन भएको छ ।
सत्तारुढ गठबन्धन दलबीच सहमति नजुटेपछि नेपाली काँग्रेसले एमालेसंग गठबन्धन गरेको हो । सोमबार गाउँपालिकामा कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएको छ ।
अध्यक्षमा कांग्रेसको तर्फबाट गोरखप्रसाद चन्दको उम्मेदवारी दर्ता भएको छ भने उपाध्यक्षमा नेकपा एमालेका प्रकाश खड्काको उम्मेदवारी परेको छ ।