मुसिकोटको प्रमुखमा ७ र उपप्रमुखमा ४ जनाको उम्मेदवारी

स्थानीय तहकाे निर्वाचन २०७९

मुसिकोटको प्रमुखमा ७ र उपप्रमुखमा ४ जनाको उम्मेदवारी

स्थानीय तहकाे निर्वाचन २०७९

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको प्रमुखका लागि ७ जना र उपप्रमुख पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । प्रमुख पदका लागि उम्मेदवारी दिने ७ मध्ये ६ ले दलका तर्फबाट उम्मेदवारी दिएका हुन् भने बाँकी १ जनाले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका हुन्।

प्रमुखमा मनोनयन दर्ता गराउनेहरुमा नेकपा एमालेबाट अन्जना चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टिका तर्फबाट नविन मल्ल, जन्ता समाज पार्टिका तर्फबाट प्रेम बहादुर बोहरा रहेका छन । यस्तै नेकपा माओवादी केन्द्रबाट बसन्त कुमार शर्मा, नेपाली काँग्रेसका तर्फबाट महेन्द्र केसी, स्वतन्त्र तर्फबाट बीरबल केसी र राष्ट्रिय जनमोर्चा बाट सत्यनारायण श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

उपप्रमुखमा उम्मेदवारी दिने ४ जनाले दलका तर्फबाट मनोनयन दर्ता गरेका हुन्। उम्मेदवारमध्ये २ जना मात्र महिला छन्। उपप्रमुखमा नेकपा एमालेका तर्फबाट थल बहादुर ओली, नेपाली काँग्रेसका तर्फबाट निर्मला गिरी, नेकपा एकीकृत समाजवादीका तर्फबाट बिमलकुमार पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सृजना केसी खड्काले मनोनयन दर्ता गराउनु भएको हो ।

यस्तै वडा अध्यक्षमा ५७ जना, महिला वडा सदस्यमा ४०, दलित महिला सदस्यमा ४२, वडा सदस्य दुई जनामा ८५ जनाकाे उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार