माओवादी केन्द्र चौरजहारीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

माओवादी केन्द्र चौरजहारीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

मुसिकोट । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि नेकपा माओवादी केन्द्र चौरजहारीले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।  बिहिबार चौरजहारीको पूर्ण शान्त शहीद स्मृति भवनमा एक कार्यक्रमको आयोजना गरेर नेकपा माओवादी केन्द्र चौरजहारीले आफ्ना १७ बुंदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेको हो ।

माओवादी केन्द्रको तर्फबाट नगर प्रमुखका उम्मेदवार पुष्प वादीले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।

उक्त प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, कृषि र पशु सेवाको विषयमा विस्तृत रुपमा बताइएको छ । पाँच वर्षसम्म चौरजहारीका नागरिकहरुका आधारभुत आवश्यक्ता परिपूर्तिका गर्नका लागी बनाइने नीति र गरिने कार्यक्रमका बारेमा माओवादीले प्रतिबद्धता जनाएको हो ।

रोजगारी, कला संस्कृति, पर्यटन विकास, सामाजिक न्याय, न्याय तथा कानूनी सेवाका बारेमा पनि प्रतिबद्धता पत्र मा उल्लेख गरिएको छ ।

प्रतिवद्धता सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्मा, नेता ऋषिप्रसाद शर्मा, विरेन्द्र विएम, उपप्रमुखका उम्मेदवार इश्वरीकुमारी शर्मा विएम, कर्णाली प्रदेश तथा जिल्लाको प्रचार विभाग प्रमुख ध्रुविक्रम बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन वाइसिएल चौरजहारी नगरपालिका अध्यक्षमा एलबी कटुवालले गर्नुभएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार