चौरजहारीमा काँग्रेस – एमालेको चुनावी सभा सुरु

चौरजहारीमा काँग्रेस – एमालेको चुनावी सभा सुरु

चौरजहारी । रुकुम पश्चिमको चौरजहारीमा नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त चुनावी अभियान सुरु गरेका छन। चौरजहारी नगरपालिकाको वडा नं ३ बाट संयुक्त चुनावी सभा सुरु गरेका हुन । चुनावी तालमेलमा रहेका दुवै दलले मत जुटाउन्दै माओवादीका कार्यकर्ता समेत भित्र्याएकाछन् ।

नगर प्रमुखको उम्मेदवार रहनुभएका प्रेमबहादुर ओलीले सुरुकै कार्यक्रममा विजयको झल्को देखिएको बताउनुभयो । लोभ, आश्वासन र तडकभडक छैन, ओलीले भन्नुभयो जनताले स्पष्ट बुझिसकेका छन्, जीतको पर्खाई मात्र रहेको छ ।

उपप्रमुखका उम्मेदवार टंकप्रसाद ओलीले एमाले काँग्रेसको चुनावी एकताबाट माओवादी छटपटाएको बताउनुहुँदै चौरजहारीमा स्वच्छ विकास, राजैतिक एकता र समृद्धिका लागि आफूहरुलाई जिताउन आह्वान गर्नुभयो ।

संयुक्त रुपमा आयोजित चुनावी सभामा नेकपा माओबादी केन्द्र परित्याग गर्दै १२ जनाले नेकपा एमाले र २ जनाले नेपाली कांग्रेस प्रवेश गरेको नेकपा एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तिर्था गौतमका स्वकीय सचिव कौशिला केसीले जानकारी दिनुभयो ।

माओवादी परित्याग गर्नेहरुमा गोरख बहादुर नेपाली, केशर कामी, रगबिर बिक, टिकाराम बिक, नर बहादुर कामी, परे नेपाली, जयराम कामी, कौशिला बिक, सरस्वती कामी, कलम बहादुर कामी, देब बहादुर बटाला, ललिता भन्डारी रहेका छन् ।

संयुक्त चुनावी सभाको पहिलो कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य तिलक भण्डारीले नेपाली कांग्रेस र एमालेको तालमेलले सकारात्मक संदेश दिएको र जनताहरुमा नयाँ आशाको संचार गरेको बताउनुभयो । भण्डारीले “नातावाद, कृपावाद हुदै व्यक्ति पूजासम्म पुगेका नवसामन्त र तिनका आसेपासेहरुले चौरजहारीलाई भ्रष्टाचारको दलदलमा पुर्र्याएको हुदा नेपाली कांग्रेस र एमालेको सरकार बने मात्र चौरजहारीले निकास र जनताले राहत पाउने कुरा बताउनुभयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले तालमेलमा रहेका कांग्रेस र एमालेलाई विजयी बनाउन अपिल गरेका थिए ।

संघीय सांसद तिर्था गौतमको प्रमुख आतिथ्यतामा र नेपाली कांग्रेसका वडा सभापति भिम बहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न संयुक्त चुनावी सभामा नेकपा एमालेका केन्द्रिय सदस्य चन्द्र बहादुर विक नेपाली कांग्रेसका महासमिति सदस्य तिलक भण्डारी, क्षेत्रीय सभापति भद्र बहादुर बिष्ट लगायत नगर प्रमुख, उपप्रमुखका, वडा अध्यक्ष र सदस्यहरुका उमेद्वार र स्थानीय नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार