मुसीकोट १२ मा कस्सियो काँग्रेस

मुसीकोट १२ मा कस्सियो काँग्रेस

मुसीकोट । आसन्न स्थानीय तहको निर्बाचनलाई लक्षित गर्दै मुसीकोट नगरपालिका वडा नम्वर १२ मा नेपाली काँग्रेसले घरदैलो अभियान सुरुवात गरेको छ ।

वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर ओलीका अनुसार शनिबारबाट सुरु गरिएको घरदैलो अभियानको क्रममा सुरुमा जुम्लावाङ र पितिवाङमा सम्पन्न गरिएको छ ।

समृद्ध वडा र समुन्नत गाउँ निर्माणका लागि काङ्ग्रेस एमाले गठबन्धनको उम्मेद्वारहरुलाई अत्याधिक मतले बिजयी गराउन अनुरोध गरिएको ओलीले बताउनुभयो ।

यस अघि पनि वडा अध्यक्षमा विजयी हुनुभएका ओलीले जनताको साथ, सद्भाव, सहकार्य तथा आशिर्वाद रहेको बताउनुभयो । वडावासीकै अनुरोधमा आफू पुनः उम्मेदवार बनेको उहाँले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार