दुई पूर्वमन्त्रीसहित ६ जनामाथि अनुसन्धान गर्न ४ दिन म्याद

दुई पूर्वमन्त्रीसहित ६ जनामाथि अनुसन्धान गर्न ४ दिन म्याद

काठमाडौँ । मलेसिय जाने श्रमिकमाथि संगठित रुपमा ठगी गरेको अभियोगमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई अनुसन्धानका लागि चार दिन म्याद थप भएको छ।

श्रम, तत्कालीन रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित बुधबार पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न प्रहरीको साइबर ब्युरोले जिल्ला अदालत काठमाडौँबाट चार दिनको समय लिएको हो।

प्रहरीले तत्कालीन सचिव विनोद केसी, तत्कालीन सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन उपसचिव निर्मला गुरुङ रहेका छन्। पोखरेल हाल वैदेशिक रोजगार विभागका प्रमुख रहेकै अवस्थामा बुधबार पक्राउ परेका थिए।

उनीहरुविरुद्ध मलेसिया गएका श्रमिकसँग श्रम सम्झौता विपरीत १ अर्ब ६९ करोड असुल गरेको जाहेरी परेपछि सिआइबीले अनुसन्धान अघि बढाएको हो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार