विमानस्थलबाट झण्डै २ किलो सुन बरामद

विमानस्थलबाट झण्डै २ किलो सुन बरामद

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक किलो ८०३ दशमलव ७७ ग्राम सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा चीनको जिलिनका ५८ वर्षीय जियानहुआ वाङ रहेको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए।

विमानस्थल प्रहरी सुरक्षा कार्यालयका अनुसार आज बिहान १ः२५ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत हङकङबाट काठमाडौँ आएका वाङलाई शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा पक्राउ गरिएको हो।

उनले मलद्वारभित्र सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित प्लास्टिकले बेरेर उक्त पदार्थ लुकाइछिपाइ ल्याएको फेला पारेपछि निजलाई प्रहरीले नियन्त्रण लिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार