भोलि सानीभेरी गाउँपालिकामा सार्वजनिक बिदा

भोलि सानीभेरी गाउँपालिकामा सार्वजनिक बिदा

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले परम्परागत रूपमा लाग्दै आएको बेलटापु मेलाको अवसरमा बिहीबार (मंसिर ३ गते) सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले आज एक सूचना जारी गर्दै मंसिर ३ गते गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, विद्यालय तथा गाउँपालिकाको कार्यक्षेत्रभित्र रहेका सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काद्वारा जारी सूचनामा मेलाको अवसरमा सम्बन्धित सबै निकायमा सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार