निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको आग्रह

निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको आग्रह

मुसिकोट । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले निर्वाचन आचार संहिता पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ । पछिल्लो समय जिल्लामा आचारसंहिता उल्लंघनका घटना बढेपछि प्रशासनले मंगलबार एक सूचना जारी गर्दै निर्वाचन आचारसंहिता पालना गर्न सबैलाई आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जारी गर्नु भएको सूचनामा विषेश गरि राजनितिकदलहरुले नै निर्वाचन आचारसंहिता पालना नगरेको पाईएको उल्लेख गरिएको छ । त्यस्तो गरेको पाईएमा प्रचलित कानुन अनुसार कार्वाहि गरिने प्रशासननले चेतावनी दिएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शि तथा भयमुक्त तरिकोल सम्पन्न गर्नको लागि राज्यका सबै अंग, मिडिया, राजनितिकदल, उम्मेदवार र सबै आम सचेत नागरिकको महत्वपुर्ण भुमिका रहने भएकाले सबैले निर्वाचन आचारसंहिताको पुर्ण पालना गर्न आग्रह गरिएको हो ।

यस्तै १८ बर्ष पुरा नभएका बालबालिकाहरुलाई निर्वाचन प्रचार प्रसारको काममा प्रयोग नगर्न सम्बन्धित सबैसँग आग्रह गरिएको छ ।

निर्वाचन आचारसंहिता २०७८, बमोजिम कुनै पनि राजनितिकदल वा उम्मेदवारले निर्वाचन चिन्ह अंकित पोशाक, झोला, लकेट, व्यानर, लोगो, झण्डा जस्ता सांकेतिक सामाग्रि प्रयोग गर्न नपाईने भएकाले त्यसो नगर्न आग्रह गरिएको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार