अनुमति लिएर चुनाव प्रचारमा सवारी साधन प्रयोग गर्न अनुरोध

अनुमति लिएर चुनाव प्रचारमा सवारी साधन प्रयोग गर्न अनुरोध

मुसिकोट । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन अब ८ दिन बाँकी छ। अहिले उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन्। निर्वाचन आचार संहिता अनुसार आयोगले राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनलाई सवारी साधन प्रयोगमा मापदण्ड समेत निर्धारण गरेको छ।

यस्तै रुकुम पश्चिममा अनुमति लिएर मात्रै सवारी साधन प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले राजनीतिक दल तथा उम्मेदवारहरुलाई अनुरोध गरेको छ । आचारसंहिता विपरित सवारी साधन प्रयोग गरेको पाईएमा कानून वमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो ।

यस्तै निर्वाचनलाई लक्षित गरेर रुकुम पश्चिममा मदिरा विक्रि वितरण तथा सेवनमा रोक लगाईएको छ । जाँड रक्सी लगायत मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पार्न सक्ने सम्भावनालाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले शुक्रबार देखि निर्वाचन अवधिभर लागु हुने गरी मदिरा सेवन तथा विक्रि वितरणमा पूर्ण प्रतिबन्ध लगाएको हो ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले मदिरामा पूर्ण प्रतिबन्द्ध लगाउने र नियम विपरित गएर मदिरा सेवन तथा विक्रि वितरण गरेको पाईएमा कारवाही गर्ने चेतावनी दिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार