मुसिकोटमा मतदान अधिकृतलाई तालिम

मुसिकोटमा मतदान अधिकृतलाई तालिम

मुसिकोट । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि रुकुम पश्चिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन थालिएको छ । जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमको आयोजनामा बिहिबारदेखि तालिम सुरु गरिएको हो ।

बिहिबार मतदान अधिकृतहरुको लागि तालिम सम्पन्न गरिएको छ । तालिममा १३९ जना मतदान अधिकृतको सहभागिता रहेको थियो ।

मतदान अधिकृतहरूलाई मतदानको समयमा आउनसक्ने सम्भावित समस्याका साथै मतदान कार्य सहज तवरबाट सञ्चालन सम्बन्धि तालिम दिइएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै आज शुक्रबार सहायक मतदान अधिकृतलाई तालिम दिईने छ ।

आयोगका अनुसार वैशाख २७ गतेदेखि निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतहरू आआफ्नो मतदान केन्द्रमा खटिनेछन् ।

रुकुम पश्चिमका ६ पालिकामा ७६ मतदान स्थलमा १३९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

तालिमको उद्घाटन गर्दै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले निर्वाचनलाई सफल बनाउनका लागि मतदान केन्द्रमा खटिने मतदान अधिकृत लगायतका कर्मचारीको महìवपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले सुरक्षा मैत्री मतदान केन्द्रहरु बनाउन समेत मतदान अधिकृतहरुलाई निर्देशन दिनुभएको छ ।

तालिम उद्घाटन कार्यक्रममा रुकुम जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, निर्वाचन अधिकृत गणेश गौतम, नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीको आथित्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार