त्रिवेणीमा वाईसिएलद्धारा शिक्षक कुटिए, अस्पताल भर्ना

त्रिवेणीमा वाईसिएलद्धारा शिक्षक कुटिए, अस्पताल भर्ना

घाइते लोक बहादुर खड्का

मुसिकोट । रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रको भातृ संठगन वाईसिएलका कार्यकर्ताले एक शिक्षकलाई निर्घात कुटपिट गरेका छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर ८ पेउघाका ३९ बर्षिय लोक बहादुर खड्कालाई शुक्रबार बिहान साउनेपानिमा रक्ताम्य हुने गरी कुटपिट गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो ।

खड्का स्थानीय शुभ प्रभात आधारभुत बिद्यालयमा अस्थायी शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । जिल्ला अस्पताल सल्लेमा उपचाररत खड्काको नाक, कान, कम्मरको भाग, खुट्टाको गोलीगाँठामा चोट लागेको प्रहरीले जनाएको छ ।

खड्काले पार्टी भन्दा नि व्यक्तित्व र क्षमता हेरेर मत दिनुपर्ने बताएपछि माओवादी बाहेकका उम्मेदवारलाई मत किन दिने भन्दै आफू माथी आक्रमण भएको खड्काले जानकारी दिनुभयो ।

बुधबार र बिहीबार सोही ठाँउमा वाइसिएलले कांग्रेस कार्यकर्ता कुटपिट गरेका थिए। कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको थियो। माओवादीले नेपाली कांग्रेसका त्रिवेणी गाँउपालिकाका उम्मेदवार अमरसिंह खड्काको गाडी तोडफोड गरिदिएपछि झडप भएको हो।

त्रिवेणी–९ नुवाकोटस्थित प्रहरी चौकीमा कांग्रेस कार्यकर्ता छिरेपछि वाइसिएलले ढुंगामुढा गरेका थिए। कांग्रेस कार्यकर्तालाई वाइसिएलले लखेटेपछि ज्यान जोगाउन चौकीभित्र छिरेका उनीहरुलाई वाइसिएल कार्यकर्ताले बाहिर निकाल्न भनेका थिए।

कांग्रेस कार्यकर्तालाई प्रहरीले संरक्षण गरेको भन्दै वाइसिएलले प्रहरी चौकी नै तोडफोड गरेका हुन्। कांग्रेसका १३ जना कार्यकर्ता मद्धतका लागि चौकीमा पुगेका थिए।

घटनास्थल सदरमुकाम खलंगा मुसिकोटबाट गाडीमा दुई तिन घण्टाको दूरीमा पर्छ। रुकुम पश्चिममा कांग्रेस र एमालेको तालमेल छ भने माओवादी एक्लै चुनावी मैदानमा उत्रिएको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार