खागलमा माओवादी कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्ता कुटिए, १० जना घाईते

रुकुममा निरन्तर झडप

खागलमा माओवादी कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्ता कुटिए, १० जना घाईते

रुकुममा निरन्तर झडप

मुसीकोट । स्थानीय तहको चुनाव प्रचारको क्रममा घरदैलो अभियानमा रहेका नेपाली काँग्रेसका कार्यकर्ता माथी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आक्रमण गरेका छन् ।

शनिबार बेलुका चौरजहारी नगरपालिका वडा नम्बर ६ को खागलमा भएको आक्रमणमा परेर १० जना काँग्रेस कार्यकर्ता घाईते भएका छन् ।

घाईते हुनेहरुमा चौरजहारी नगरपालिका वडा नम्वर ६ का काँग्रेसका कार्यकर्ता बर्ष २२ का लक्ष्मण बोहरा, बर्ष ४० का सरोज रोका, बर्ष ३३ कि फागुनी बोहरा, बर्ष २८ का रामबहादुर बोहरा, बर्ष २७ का बिरेन्द्र रावत, बर्ष २८ का चन्द्रकला बुढाथोकी, बर्ष ४२ कि मैनि बोहरा, बर्ष १७ कि ममिता बोहरा र बर्ष १९मनबहादुर पुन रहेका छन् ।

त्यसैगरी नेकपा एमालेका जिल्ला कमिटी सदस्य रत्नबहादुर अधिकारी पनि घाईते भएका छन् । घाईते मध्य लक्ष्मण बोहराको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

खागल गाउँमा घरदैलो गरिरहेका काँग्रेस कार्यकर्ता माथी माओवादी कार्यकर्ताले फलामको रड, बोतल, ढुंगामुढा लगायतले आक्रमण गरेको बताईएको छ ।

यस्तै शुक्रबार राति चौरजहारी नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप भएको थियो । चुनावी गतिविधिका क्रममा घारीगाउँमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका हुन्।

रूकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार काँग्रेस चौरजहारी नगरपालिका वडा नम्बर १ का सभापति योगेश विष्ट, तरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी , काँग्रेस कार्यकर्ता मनबहादुर बिक र वाइसिएलका ध्रुवराज विष्ट र समीर स्वर्णकार घाइते भएका छन ।

घाइतेमध्ये वडा सभापति योगेश र मानबहादुरलाई नेपालगन्ज रिफर गरिएको छ। अन्यको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाईते बिष्ट र बिकको टाउकोमा गम्भिर चोट लागेको छ ।

ईलाका प्रहरी कार्यालय चौरजहारीबाट घटनामा संलग्नहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक सोतीले जानकारी दिनुभएको छ ।

यस्तै दिनदिनै माओवादी केन्द्रका कार्यकर्ताले काँग्रेस कार्यकर्ता माथी आक्रमण गरेर गम्भिर घाईते बनाउँदा पनि प्रहरीले आक्रमणकारी उपर कुनै कारबाहि गर्न नसकेको काँग्रेस रुकुमको आरोप छ । केहिदिन यता रुकुम पश्चिमको शान्ति, सुरक्षा अवस्था अशान्त भैरहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार