राष्ट्रिय परिचयपत्र छपाइ सुरु

राष्ट्रिय परिचयपत्र छपाइ सुरु

राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरणको सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले एक कार्यक्रमबीच परिचयपत्र छपाइ कार्यको शुभारम्भ गरेका छन्।

विभागले फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट परिचय पत्रको कार्ड ल्याएपछि सोमबारबाट छपाइ प्रक्रिया सुरु गरेको महानिर्देशक तिर्थप्रसाद भट्टराईले जानकारी दिए। अहिले विभागमा ३१ लाख ४७ हजार कार्ड आइपुगेको र बाँकी ८ लाख आउनेक्रममा रहेको विभागले जनाएको छ।

यो वर्ष भरिमा ५० लाख आपूर्ति गर्ने लक्ष्य विभागले लिएको छ। मेसिनले घण्टामा ११ सय कार्ड छाप्ने भएकाले परिचय पत्रको फाराम भरेर अन्य प्रक्रिया पूरा गरेकाले छिटै कार्ड पाउने विभागले जनाएको छ।

विभागले अहिलेसम्म परिचय पत्रका लागि ६७ लाख ७९ हजार ६४२ जनाको आवेदन लिएको छ। अभियानमार्फत् ५६ लाख ५३ हजार २०९ र इकाईमार्फत् ११ लाख २६ हजार ४३३ आवेदन लिइएको विभागले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार