स्थानीय तहमा मतपत्र पठाईयो

स्थानीय तहमा मतपत्र पठाईयो

मुसिकोट । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आईतबार र सोमबार रुकुम पश्चिमका ४ वटा स्थानीय तहमा कर्मचारी सहित मतपत्र पठाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद पौडेलका अनुसार जिल्लाका आठबीसकोट नगरपालिका, चौरजहारी नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाका सबै मतदान केन्द्रमा मतपत्र तथा अन्य निर्वाचन सामग्रि सहित कर्मचारी खटाईएको छ ।

निर्वाचनमा जिल्लाभर खटिने सबै कर्मचारीहरुले नियुक्ति लिईसकेको र बाँकी रहेका मुसीकोट र सानीभेरी गाउँपालिकामा पनि आज मतपत्र तथा आवश्यक सामग्री सहित कर्मचारी खटाईने अधिकृत  पौडेलले बताउनुभयो ।

रुकुम पश्चिमका ६ पालिकामा ७६ मतदान स्थलमा १३९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान अधिकृत, सहायक मतदान अधिृकत, कार्यालय सहयोगि र सहायक कर्मचारी गरी ६ सय ९४ जना कर्मचारी खटिएका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार