प्रहरी चौकी तोडफोडको नेतृत्व गरेको आरोपमा माओवादी अध्यक्ष पक्राउ

प्रहरी चौकी तोडफोडको नेतृत्व गरेको आरोपमा माओवादी अध्यक्ष पक्राउ

मुसिकोट । नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँकमिटी रुकुम पश्चिमका अध्यक्ष गणेशबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्कालाई मंगलबार बिहान पक्राउ गरेर जिल्लामा ल्याईएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

गत बिहिबार त्रिवेणी गाउँपालिका वडा नम्वर ९ स्थित नुवाकोट प्रहरी चौकी माओवादी कार्यकर्ताले तोडफोड गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको बताईएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरी चौकी तोडफोड भएको बिषयमा सोधपुछको लागि जिल्ला ल्याईएको जनाएको छ ।

नेपाली काँग्रेसका कार्यकर्तासँग झपड भएको र काँग्रेसका कार्यकर्ताहरु ज्यान जोगाउन प्रहरी चौकी पुगेको बेला माओवादी कार्यकर्ताले प्रहरी चौकी नै तोडफोड गरेर काँग्रेस कार्यकर्ता कुटपिट गरेको आरोप प्रहरीको छ ।

प्रहरी कार्यालयमा भएको क्षतिको विवरण भने प्रहरीले दिन मानेको छैन । चौकीको छत भत्काएको, सोलार सेट तोडफोड भएको, झ्याल ढोका तोडफोड भएको भने स्पष्ट देखिन्छ । यस बिषयमा गृह मन्त्रालयले प्रदेश कार्यालयबाट अनुगमन टोली समेत खटाएर अनुगमन गरेको थियो ।

कुटपिटमा परेर आठ जना काँग्रेस कार्यकर्ता घाईते भएका थिए । काँग्रेसका अनुसार सोहि दिन माओवादी कार्यकर्ताले स्थानीय तह निर्वाचन अन्तर्गत नेपाली काँग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार रहेका अमरसिं खड्काले प्रयोग गरेको रा १ च १२६२ नम्वरको जीप समेत तोडफोड गरेका थिए भने त्रिवेणी गाउँपालिका ५ मा आयोजित चुनावी सभास्थल आगजनी गरेका थिए ।

यस्तै जिल्लाको आठबीसकोटमा कांग्रेस कार्यकर्ताको मोटरसाइकल आगजनी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आठबिसकोट नपा–१० घर भएका २३ वर्षीय विशाल ओली र १८ वर्षीय प्रेम प्रकाश ओली छन् । उनीहरु माओवादी केन्द्र निकट वाईसीएल कार्यकर्ता हुन् ।

सोमबार आठबिसकोट नगरपािलका–१० मा झड हुँदा उनीहरुले कांग्रेसको चुनाव प्रचारमा प्रयोग गरिएको मोटरसाइकल जलाएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार