रुकुम पश्चिममा एसपी डम्बर बहादुर विक

रुकुम पश्चिममा एसपी डम्बर बहादुर विक

मुसिकोट ।  शुक्रबार हुने स्थानीय तहको निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच रुकुम पश्चिममा दिनहुँ झडप हुन थालेपछि प्रहरी प्रधान कार्यालयबाट खटिएका एसपी डम्बर बहादुर विक रुकुम पश्चिम आउनु भएको छ ।

निर्वाचनका समयमा थप हुनसक्ने सम्भावित चुनौतीलाई मध्यनजर गर्दै प्रहरी प्रदान कार्यालयले एसपी विकलाई रुकुम पश्चिम खटाएको हो ।

यस्तै निर्वाचन अनुगमन गर्न कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यको टोली पनि पश्चिम रुकुम आएको छ । उक्त टोली अहिले जिल्लाका मतदान स्थलहरुको अनुगमनमा रहेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो ।

 

रुकुम पश्चिममा करिब १० दिनदेखि कांग्रेस र माओवादी कार्यकर्ताबीच चुनाव प्रचार प्रसारको क्रममा झडप हुँदै आएको छ । गएराति मात्रै जिल्लाको चौरजहारी नगरपालिका–१० मा मौन अवधिमै झडप भएको छ । कांग्रेस र माओवादी कार्यकर्ताबीच भएको झडपमा परि दुबै पक्षका पाँच जना घाईत भएका थिए ।

रुकुम पश्चिममा ७६ मतदान स्थलमा १३९ मतदान केन्द्र छन् ।  प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार जिल्लामा  १२ मतदान स्थल सामान्य, १९ अतिसंवेदनशील र ४५ संवेदनशील भनेर वर्गीकरण गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार