रुकुममा कांग्रेसले जितको खाता खोल्यो

मुसिकोट १ को वडा अध्यक्षमा कांग्रेसका ज्ञानु चन्द बिजयी

रुकुममा कांग्रेसले जितको खाता खोल्यो

मुसिकोट १ को वडा अध्यक्षमा कांग्रेसका ज्ञानु चन्द बिजयी

मुसिकोट । रुकुम पश्चिममा नेपाली कांग्रेसले जीतको सुरुवात गरेको छ । जिल्ला सदरमुकाम समेत रहेका मुसिकोट नगरपालिका वडा नं १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका ज्ञानु चन्द ९ सय २ मतले बिजयी हुनुभएको छ ।

उहाँले नेकपा माओवादी केन्द्रका डम्बर थापालाई २९ मत अन्तरले पराजित गर्नुभएको हो ।

यस्तै सदस्यहरुमा पनि काँग्रेस– एमाले गठबन्धनका खुल्ला महिला सदस्य अन्जना केसी डिसी, दलित महिला सदस्य धनमाया नेपाली, वडा सदस्य चोपबहादुर खत्री र माओवादी केन्द्रका तर्फबाट वडा सदस्यमा गणेश हमाल निर्वाचित हुनुभएको छ ।

मुसिकोटमा नगर प्रमुख र उपप्रमुखमा पनि कांग्रेसको अग्रता रहेको छ । नगर प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसी १ हजार १० मत ल्याउदा नेकपा माओवादी केन्द्रका बसन्त कुमार शर्माले ७ सय ५८ मत ल्याउनु भएको छ ।

मुसिकोटमा कांग्रेस-एमाले र माओवादी केन्द्र र समाजबादीको गठबन्धन छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार