८० किलोमिटर हिँडेर जोगवनी आइपुगेका रुकुमका १२ जना क्वारेन्टिनमा

८० किलोमिटर हिँडेर जोगवनी आइपुगेका रुकुमका १२ जना क्वारेन्टिनमा

फोटो : कमल रिमाल/मोरङ

उजेली सम्वाददाता
बैशाख ७ काठमाडौ – लकडाउनका कारण खाद्यान्न सकिएपछि घर फर्किन ८० किलोमिटर पैदलयात्रा गरेका रुकुमका १२ जनालाई जोगबनीको क्वारेन्टिनमा राखिएको छ ।

शनिबार सीमामा आइपुगेका रुकुम घर भएका १२ जना नेपालीलाई भारतीय प्रहरीले जोगबनीको क्वारेन्टिनमा रोखेको सशस्त्र प्रहरीको ३ नम्बर गण मोरङका प्रहरी उपरीक्षक (एसपी) नेत्रबहादुर कार्कीले जानकारी दिनु भएकाे छ। भारतीय समकक्षीसँगको समन्वयमा उनीहरुलाई भारत जोगवनी–१६ स्थित मिडिल स्कुलमा राखिएको प्रहरी उपरीक्षक कार्कीले बताउनु भयो ।

उनीहरु एक वर्षअघि पुर्णिया जादा नेपालगञ्ज हुदै भारत प्रवेश गरेका सुरक्षाकर्मीले जनाएका छन्।  धेरै नेपालीहरु भारतबाट  सीमामा आएपछि शनिबार सो स्कुलमा क्वारेन्टिन स्थापना गरिएको हो।

यस्तै लकडाउनका कारण खानाको अभाव हुन थालेपछि उनीहरु नेपाल छिर्ने प्रयासमा लागेको  सीमा प्रहरीले जनाएको छ।  अहिले दशगजा पार गर्न खोज्ने अधिकाश नेपालीहरुलाई सुरक्षाकर्मीले  जोगवनीस्थित सीमामा रोके लगाएको छ ।

फोटो : रुकुम हिंडेका नेपालीलाई भारतीय प्रहरीले जोगवनीमा रोकेपछि। (साै : कमल रिमाल मोरङ )

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार