सिम्लीमा एक पुरूषको शव फेला

सिम्लीमा एक पुरूषको शव फेला

सांकेतिक तस्बिर

मुसिकोट । रूकुम पश्चिमको सानीभेरी गाउँपालिकामा एक पुरूषको शव फेला परेको छ । वडा नम्बर ९ सिम्ली बजार नजिककैको खोलामा शव फेला परेको हो ।

शव सानीभेरी गाउँपालिका वडा नम्बर ७ फुक्रुलिगा निवासी ६२ बर्षिय धर्मजित खत्रिको रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरिक्षक ९डिएसपी० बिष्णु प्रसाद सोतीका अनुसार सोमबार साँझ स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पारिवारिक श्रोतका अनुसार धर्मजित खत्री आइतबार बिहानदेखि बेपत्ता हुनुभएको थियो। खत्रीको मृत्यु किन र कसरी भएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार