भूमेका जनप्रतिनिधिलाई विदाई तथा स्वागत

भूमेका जनप्रतिनिधिलाई विदाई तथा स्वागत

रुकुमकोट । रुकुम पूर्वको भुमे गाउँपालिकाले निवर्तमान जनप्रतिनिधिलाई बिदाई तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरेको छ ।

शनिबार गाउँपालिकाको कार्यालय खाबाङमा स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित भइ ५ वर्षे कार्यकाल सम्पन्न गरेका निवर्तमान जनप्रतिनिधिको विदाई गरिएको हो ।

गाउँपालिकाका निवर्तमान अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्ष र सदस्यहरुलाई विदाई गरिएको हो ।

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष होमप्रकाश श्रेष्ठ, उपाध्यक्ष सविना बुढा, प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले निवर्तमान अध्यक्ष रामसुर बुढा मगर, उपाध्यक्ष मनकुमारी बुढा (विष्ट) लगायत सबै जनप्रतिनिधिलाई कदर पत्र, दोसल्लाले विदाई गर्नुभएको हो ।

यस्तै कार्यक्रममै नव निर्वाचित गाउँपालिका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष बुढा सहित वडाध्यक्ष सदस्यलाई स्वागत गरिएको छ ।

गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा निवर्तमान गाउँपालिका अध्यक्ष रामसुर बुढामगर, उपाध्यक्ष मनकुमारी बुढा (विष्ट), नव निर्वाचित उपाध्यक्ष सविना बुढा, प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिहं श्रेष्ठ, वडाध्यक्ष, वडा सदस्यसँगै विभिन्न राजनितीक दलका प्रमुख एवम प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रमको सञ्चालन गाउँपालिकाका कर्मचारी चन्द्र रसाइलीले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार