विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

मुसिकोट ।  आज विश्व वातावरण दिवस। नेपालसहित विश्वभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ। हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ।

‘केवल एउटा पृथ्वी’ भन्ने मुल नारासहित यस वर्षको वातावरण दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ।

नेपालमा पनि सरोकारवालाले आ-आफ्नो ठाउँबाट विश्व बातावरण दिवस मनाउँदै छन्।

यसैबीच रुकुम पश्चिममा विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालयको परिसरमा विभिन्न प्रजातिका विरूवाहरु रोपेर विश्व वातावरण दिवस मनाइएको छ ।

आइतबार बिहान  डिभिजन वन कार्यालय रुकुम पश्चिम र पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) को सयुंक्त आयोजनामा एक सय वटा मसला, पाउलोनिया, टिमुर, लप्सि लगायतका विरुवाहरु रोपिएको हो ।

वृक्षरोपण कार्यक्रममा डिभिजन वन कार्यालयका कार्यलय प्रमुख महेश कुमांई, आशा आयोजनाका निमित्त कार्यालय प्रमुख केशव कुमार विसी लगायत कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार