उपप्राध्यापक र कर्मचारीका लागि दरखास्त आह्वान

उपप्राध्यापक र कर्मचारीका लागि दरखास्त आह्वान

मध्यपश्चिम विश्वविद्यालयले उपप्राध्यापक र कर्मचारीहरूका लागि दरखास्त आह्वान गरेको छ । उक्त विश्वविद्यालय अन्तर्गत विभिन्न संकायका क्याम्पसहरूमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।

शैक्षिक र प्रशासनिक पदहरूमा करार र आंशिक शिक्षक तथा कर्मचारीहरूको खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने सोमबार प्रकाशित सूचनामा जनाइएको छ ।

योग्य नेपाली नागरिकले आउँदो असार २६ गते दिउँसो ३ बजेभित्र (त्यसपछि दोब्बर दस्तुर तिरेर साउन १ गतेसम्म) आवेदन दिन सक्नेछन् । दरखास्त फाराम सम्बन्धित संकायको डिन कार्यालयबाट प्राप्त गर्न सकिने जनाइएको छ ।

सूचना हेर्नुहोस् 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार