अबदेखि तलबसहित ९८ दिन महिलाले प्रसूति बिदा पाउने

अबदेखि तलबसहित ९८ दिन महिलाले प्रसूति बिदा पाउने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रसूति बिदा ९८ दिन पाइने बताएको छ । ९८ दिनको तलबसहित बिदा दिन मन्त्रालयले सूचना निकालेर जानकारी दिएको छ ।

सरकारी, निजी वा गैरसरकारी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि वा पछि गरी ९८ दिन बिदा पाउने मन्त्रालयले उल्लेख गरेको छ ।

सुरक्षित मातृत्त्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ अनुसार निजी, गैरसरकारी तथा सरकारी संस्थामा कार्यरत महिलाले ९८ दिनको सुत्केरी बिदा पाउने व्यवस्था छ ।

प्रसूति बिदा नदिएको भन्ने गुनासा सुनिएको भन्दै मन्त्रालयले सूचना निकालेर ९८ दिन बिदा पाइने प्रस्ट पारेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार