जिसस रुकुम पश्चिमको प्रमुखमा लुम्बिनी र उपप्रमुख देवबहादुरको उम्मेदवारी

जिसस रुकुम पश्चिमको प्रमुखमा लुम्बिनी र उपप्रमुख देवबहादुरको उम्मेदवारी

जिसस प्रमुखका उम्मेदवार लम्बिनी गौतम केसी र उपप्रमुखका उम्मेदवार देवबहादुर कामी ।

मुसिकोट । जिल्ला समन्वय समिति रुकुम पश्चिममा प्रमुख, उपप्रमुखदेखि सदस्य सबैमा नेकपा माओवादी केन्द्रको मात्रै उम्मेदवारी दर्ता भएको छ ।  प्रमुख, उपप्रमुख र ७ जना सदस्य पदमा माओवादी केन्द्रले मात्रै उम्मेदवार दिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा माओवादी केन्द्रको तर्फबाट प्रमुखमा लुम्बिनी गौतम केसी र उपप्रमुखमा देवबहादुर कामीको उम्मेदवारी भएको छ ।

स्थानीय तहको निर्वाचनबाट केसी आठबीसकोट नगरपालिका वडा नम्बर १० र कामी सानीभेरी गाउँपालिका वडा नम्बर ३ को सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यसैगरी सदस्यहरुमा देउभान ओली, कृष्णबहादुर यरी, रामकुमार गौतम, मीना विक, गीताकुमारी केसी, शारदा दमाई र गीता नेपाली रहेका छन् । १२ जना मतदाता रहेको यहाँ माओवादी केन्द्रका मात्रै ९ मतदाता रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२ जना मध्यमा नेकपा माओवादी केन्द्रका ९ जना, नेपाली कांग्रेसका २ जना र नेकपा एकीकृत समाजवादीका १ जना मतदाता रहेका छन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जेठ ३१ गते मतदानको मिति तोकिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार