नीति, कार्यक्रम र बजेट निर्माणका बिषयमा सानीभेरीमा सुझाब संकलन

नीति, कार्यक्रम र बजेट निर्माणका बिषयमा सानीभेरीमा सुझाब संकलन

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को निति, कार्यक्रम र बजेट निर्माणका बिषयमा विभिन्न सरोकारवाला निकायहरुसँग वृहत अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रमको आयोजना गरेको छ ।

बिहीबार आर्थिक बर्षको निती, कार्यक्रम र बजेट निर्माणका बिषयमा सरोकारवालासँग वृहत अन्तरक्रिया तथा सुझाव संकलन गरिएको हो ।

सुझाब संकलनका क्रममा सहभागि सरोकारवालाले अनुदानलाई प्रोत्साहनमा रुपान्तरण, कृषि, पशु, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, आगलागि नियन्त्रण र फोहोरमैला व्यवस्थापन, राजश्व सुधार र पालिकाले दिने सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने सुझाब दिएका छन ।

कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, विद्यार्थी, सरकारी कर्मचारी, पत्रकार, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

सरोकारवाला सबैको सुझाब सुनिसकेपछि गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्ट, उपाध्यक्ष कमला रोका पुन र प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकीले सुझाबलाई समेटेर निती, कार्यक्रम र बजेट निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार