नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ ।
यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।
बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल/मट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ ।
यसैगरी खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।
