शारदा नगरपालिकामा अब नि:शुल्क नागरिकता सिफारिस

शारदा नगरपालिकामा अब नि:शुल्क नागरिकता सिफारिस

सल्यानको शारदा नगरपालिकाले नागरिकता सिफारिसमा लिदै आएको कर अबदेखि नलिने भएको छ । असार १ गते देखि लागू हुने गरि यसअघि नागरिकता सिफारिसको लागि लिदै आएको शुल्क नलिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको बैठकबाट निर्णय गरि १५ वटै वडालाई नागरिकता सिफारिसमा शुल्क नलिन नगरपालिकाले परिपत्र गरेको जनाइएको छ ।

नयाँ जनप्रतिनिधि आए सँगै शारदा नगरपालिकामा विभिन्न सेवामुखि कार्यहरू भएको देखिन्छ । यसका साथै अहिले नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार