त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने भएको छ । दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म हवाई उडानसँग सम्बद्ध संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अभ्यास गर्नुपर्ने भएकाले केही समय नियमित उडान प्रभावित हुने भएको हो ।

परिकल्पना गरिएको घटना अनुसार अभ्यासको क्रममा विमानस्थल परिसरमा कनै वायुयान दुर्घटना भई आगलागी हुने जसको कारण विमानस्थल वरिपरिको आकाशमा काला धुवाँको मुस्लो देखिनेछ ।

घटनाको प्रतिकार्यको लागि दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको देख्न सकिनेछ,” त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल नेपाल नागरिक उड्ययन प्राधिकरणले भनेको छ, “यो अभ्यासको क्रममा स्थानीय समय अनुसार ५ बजेदेखि साढे ३ बजेसम्म विमानस्थलका नियमित उडान अवतरण प्रभावित हुन सक्नेछन् ।

प्राधिकरणा अनुसार जनधनको क्षति हुने छैन । हेर्दा मात्रै दुर्घटनाजस्तो देखिनेछ । त्यसैले यो समय हवाई सेवाका लागि गएका यात्रुका आफन्तहरू डराउनु पर्नेछैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार