पाँच बुँदे सहमतिपछि निहारिकाले ताेडिन् अनसन

पाँच बुँदे सहमतिपछि निहारिकाले ताेडिन् अनसन

न्याय माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी महाेत्तरीको जलेश्वर नगरपालिका ९ की साेनाली कुमारी सिंह (निहारिका)ले अनसन तोडेकी छन् । निहारिका  र सरकारकारबीच पाँच बुँदे सहमति भएपछि उनले अनसन तोडेकी हुन् ।

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पाैडेल खतिवडाकाे पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि उनले गृहमन्त्री बालकृष्ण खाणकाे हातबाट जुस खाएर अनसन ताेडेकी हुन् ।

प्रतिवादी शिवराम श्रेष्ठ र निहारिकाका छाेराकाे डीएनए परीक्षणकाे कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र निजकाे छाेराकाे सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, निहारिकाको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएकाे छ ।

सहमतिपत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पाेखरेल, उपसचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गाैतम र लाेग्शरी कुवरले हस्ताक्षर गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार