जलवायु परिवर्तन कार्यक्रमबारे दोश्रो चरणको अभिमुखिकरण

जलवायु परिवर्तन कार्यक्रमबारे दोश्रो चरणको अभिमुखिकरण

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरणका बारेमा अभिमुखीकरण तथा छलफल भएको छ ।

नगरपालिकामा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको दोस्रो चरण अन्तरगतका योजना तर्जुमा गर्नु पूर्व कार्यक्रमका बिषयमा अभिमुखीकरण तथा छलफल भएको हो ।
शुक्रबार नगरपालिकाको सभाहल सेरीगाउँमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल सरकार, वन तथा वाताबरण मन्त्रालय, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरणको आयोजनामा सञ्चालित अभिमुखीकरण तथा छलफलको अध्यक्षता नगर प्रमुख महेन्द्र केसीले गर्नु भएको थियो ।

कार्यक्रममा नगरपालिकाका उप प्रमुख बिमल कुमार पुन, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुन, १४ वटै वडाका वडा अध्यक्ष तथा कार्यपालिकाका सदस्यहरु, बिभिन्न शाखाका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरणका जिल्ला संयोजक सुनिल कुमार चौधरीले गर्नु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार