राप्रपा रुकुम पूर्वद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राप्रपा रुकुम पूर्वद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुकुमकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुकुम पूर्वले प्रधानमन्त्रीलाई १९ बुँदे ज्ञापनपत्र पठाएको छ । बिहिबार राप्रपा रुकुम पूर्वले निमित्त प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

असार १ गते पार्टीको केन्द्रिय सर्कुलर अनुसार ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेतापनि उक्त दिन रुकुम पूर्वमा सार्वजनिक बिदा परेकोले भोलिपल्ट बुझाएको राप्रपाका केन्द्रीय सदस्य केशव चन्द्र समाल (मदन शाह) ले जानकारी दिनुभयो ।

ज्ञापनपत्रमा किसानलाई समयमै मल र बीउको व्यवस्था गरिनुपर्ने, बढ्दो महंगी र कालोबजारी नियन्त्रण गर्नुपेर्ने, भ्रष्टाचारको निश्पक्ष छानबिन र कारबाहि हुनुपर्ने मागहरु राखिएको छ ।

यसैगरी संघीयताको प्रादेशिक संरचना खारेज, प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख, संविधानमै राजसंस्थाको व्यवस्था, निशुल्क स्वास्थ्य तथा शिक्षाको व्यवस्था, हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने लगायतका १९ वटा मागहरु ज्ञापनपत्रमा राखिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार