रुकुम पश्चिममा पत्रकार र जनप्रतिनिधिबीच अन्तरक्रिया

रुकुम पश्चिममा पत्रकार र जनप्रतिनिधिबीच अन्तरक्रिया

 

मुसिकोट । रुकुम पश्चिम सदरमुकाम मुसिकोटमा मिडिया र स्थानीय तहको अन्तर सम्बन्ध विषयमा अन्तरक्रिया गरिएको छ। नेपाल पत्रकार महासंघ रुकुम शाखाले जिल्लाका सबै पालिका प्रमुख र उपप्रमुखसँग अन्तरक्रिया कार्यक्रम गरेको हो।

स्थानीय सरकार र पत्रकारहरुबीचको सम्बन्ध थप बलियो बनाउन भन्दै कार्यक्रम आयोजना गरिएको थियो। स्थानीय सरकारले बनाउने नीति र कार्यक्रमलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीले बताउनु भयो। कार्यक्रममा स्थानीय तहका नवनिर्बाचित प्रमुख र उपप्रमुख, अध्यक्ष उपाध्यक्षहरुलाई बधाई सँगै अन्तर सम्बन्ध बारे छलफल गरिएको थियो।

कार्यक्रममा रुकुम पश्चिमबाट प्रकाशित आमा सञ्चार साप्ताहिकका सम्पादक पत्रकार मेगराज खड्काले स्थानीय सरकार, मिडिया र गर्नुपर्ने काम विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा पत्रकार खड्काले रुकुमको पत्रकारिताको विकास, सम्भावना र समस्या, स्थानीय सरकार र मिडियाको अधिकार, स्थानीय सरकार र मिडिया आफैले गर्नुपर्ने कामहरुको विवरण समावेश गरेका थिए।

सहभागी पत्रकारहरुले बिभिन्न सुझाब दिदै स्थानीय तहले नीति तथा कार्यक्रम बनाउन माग गरेका छन्। स्थानीय सरकार मिडियामैत्री भएमा सुशासन कायम गर्न सहज हुने पत्रकारको ठहर थियो। उनीहरुले सूचना प्रवाहलाई सहज बनाउन समेत आग्रह गरेका छन्।

कार्यक्रममा सहभागि जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधिहरुले सूचना प्रवाहमा कुनै कञ्जुस्याईं नगर्ने र सञ्चार माध्यमहरुको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यसका लागि बेला बेलामा छलफल, भेटघाट र समन्वयको पाटोलाई प्रभावकारी रुपमा अगाडी बढाउने समेत बताए।

कार्यक्रममा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी, सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर बिष्ट, बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठा, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश कुमार केसी, चौरजहारी नगरपालिका उपप्रमुख इश्वरीकुमारी शर्मा विएम, सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला रोका, त्रिवेणी गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, नेपाल पत्रकार महासंघका सस्थापक अध्यक्ष नारायण कुमार शाह, सचिब हरि बिष्णु ओलि लगायतको उपस्थिती रहेको थियो।

नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षता तथा उपाध्यक्ष गोपाल रेग्मीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजिकरण सचिव हिरा परियारले गर्नुभएको थियो

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार