रुकुमका बिभिन्न ठाउँमा सडक अवरुद्ध

रुकुमका बिभिन्न ठाउँमा सडक अवरुद्ध

मुसिकाेट । मध्यपहाडी लोकमार्ग अन्तरगत रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ मा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार बेलुका परेको ठुलो वर्षाको कारण रानीकोटमा पहिरो खसेको हो ।

अहिले उक्त सडकखण्डमा कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । त्यस्तै फलामेगौडा–पिपल–पोखरा खडकखण्ड अन्तरगत पुमा खोलामा पानीको वहाव बढ्दा सवारी साधन चल्न सकेका छनन् । विहान रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर ३ बाट खंलगा आउने गाडी बाँफिकोट गाउँपालिका–१ पालाकोटमा रोकिएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार