रुकुम पश्चिमका सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न अनुमति

रुकुम पश्चिमका सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न अनुमति

मुसिकोट । रुकुम पश्चिम जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने जिल्लाका सबै पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न अनुमति दिईएको छ ।

बिहिबार बसेको जिल्ला खोप समन्वय समितिको बैठकले पालिकाबाट अनुमति माग भए वमोजिम सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न अनुमति प्रदान गरेको हो ।

पालिकाहरुले पूर्ण खोप सुनिश्चित घोषणाका लागि योग्य रहेको र त्यसका लागि अनुमति प्रदान गर्न माग गरे वमोजिम जिल्ला खोप समन्वय समितिबाट सबै स्थानीय तहमा अनुगमण गरिएको थियो । नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, उद्योग वाणिज्य संघ र स्वास्थ्य सेवा कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले अनुगमण गर्दा घोषणा गर्न योग्य पाईएपछि आज बसेको समितिको बैठकले अनुमति दिएको हो ।

यस्तै पालिकाको घोषणा सकिएपछि जिल्लालाई नै घोषणा गर्ने तयारी गरिएको छ । त्यसका लागि कर्णाली प्रदेश समक्ष अनुमति माग गरिएको छ । जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नका लागि आवश्यक प्रक्रियाहरु पूरा गरेकोले प्रदेश खोप समन्वय समितिमा सिफारिस गरी पठाउने निर्णय भएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार