रुकुम पूर्वमा दश थान भरुवा बन्दुक बरामत

रुकुम पूर्वमा दश थान भरुवा बन्दुक बरामत

रुकुमकोट । रुकुम पूर्वमा दश थान वेवारिसे भरुवा बन्दुक बरामत गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले विभिन्न मितिमा जिल्लाका विभिन्न ठाउँबाट वेवारिसे अवस्थामा रहेका भरुवा बन्दुक बरामत गरिएको जनाइएको छ ।

प्रहरीले विभिन्न सूचनाको आधारमा भरुवा बन्दुक नियन्त्रणमा ल्याएको हो । जेठ र असारमा ३ सावुत र ७ वेसावुत गरी १० थान भरुवा बन्दुक बरामत गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृृष्ण खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेठ २८ गते सिस्ने गाउँपालिका वडा नम्बर ६ खोपीचारबाट २ थान भरुवा बन्दुक बरामत गरिएको छ । जेठ ३१ गते नै सिस्ने गाउँपालिका वडा नम्बर ६ बाटै २ थान भरुवा बन्दुक नियन्त्रणमा ल्याइएको छ ।

यसैगरी असार ६ गते सिस्ने गाउँपालिका वडा नम्बर ६ खोपिचारबाटै ३ थान र असार ११ गतेको दिन सिस्ने गाउँपालिका वडा नम्बर ५ बाट ३ थान भरुवा बन्दुक प्रहरीले बरामत गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार