त्रिवेणीमा न्यायिक समितिको समीक्षा तथा सचेतना कार्यक्रम

त्रिवेणीमा न्यायिक समितिको समीक्षा तथा सचेतना कार्यक्रम

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउपालिकाको न्यायिक समितिको पन्चवर्षिय कार्यक्रमको समीक्षाका साथै सचेतना कार्यक्रम सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिकामा न्यायिक समितिले आफ्नो पाँच बर्ष सम्म गरेका न्याय सम्पादन सम्बन्धि पन्चवर्षि प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।

त्रिवेणी गाउँपालिकाको न्यायिक समितिले ५ वर्ष सम्म गाँउपालिका भित्रका १० वटै वडाहरुमा भए गरेका विभिन्न न्याय सम्बन्धी बिभिन्न कार्यहरुको जानकारि गराइएको थियो।

गाउँपालिकामा गठित न्यायिक समितिमा आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७८/०८९ को माघ मसान्तसम्म १ सय ३५ वटा उजुरी परेका छन् । जसमध्ये १ सय ३४ वटा उजुरी फछ्र्यौट भएका छन् । ५ वर्षसम्म न्यायिक समितिका ५० वटा बैठक बसेको समितिले जनाएको छ ।

९४ वटा उजुरी माथि समितिमै मिलापत्र भएको थियो भने २८ वटा मुद्दामा मेलमिलाप हुन नसकि रुकुम जिल्ला अदालतमा सिफारिस गरिएको थियो । ४ वटा उजुरी छलफलको क्रममा रहेका छन् भने कारवाही नभएका उजुरी संख्या ९ रहेको ५ वर्षे प्रगतिमा उल्लेख गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति सम्योजक राजकुमारि रेउले खड्काको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेश कुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्ती,  वडाअध्यक्ष, वडा सदस्य, कर्मचारी, शिक्षक, गाउँपालिकाका १० ओटै वडाका मेलमिलाप कर्ताहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन गाउँपालिकाका कर्मचारी सुरेन्द्र खत्रिले गर्नुभएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार