कालीकोट जिल्लाको शुभकालिका गाउँपालिकाले गाउँपालिका अन्तर्गत काम गरिरहेका करार कर्मचारी हटाएको छ।
शुभकालिका गाउँपालिकाको असार ११ गतेको गाउँसभाबाट आर्थिक वर्ष २०७९र८० देखि करार कर्मचारीको अवधि नथप्ने निर्णय गरेको हो।
असार २४ गतेको मितिमा सूचना प्रकाशित गर्दै साउन १ गतेदेखि कामकाज नगर्न करार कर्मचारीलाई सूचित गरेको छ।
‘गाउँपालिकाको समानीकरण अनुदानबाट तलब भत्ता भुक्तानी भई २०७४ देखि करारमा रहेका कर्मचारीहरूको मिति २०७९र४र१ गतेदेखि करार सम्झौता नवीकरण नहुने निर्णय भएकोले अर्को निर्णय नभएसम्म हाजिर भई कामकाज नगर्नु हुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ।
