रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने

असार ३१ गते

रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने

असार ३१ गते

मुसिकोट । रुकुम पश्चिमलाई असार ३१ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ । आईतबार बसेको जिल्ला खोप समन्वय समितिको बैठकले असार ३१ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने निर्णय गरेको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार असार २७ गतेसम्म जिल्लाका सबै स्थानीय तहहरु पूर्ण खोप सुनिश्चित घोषणा भैसक्ने र कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयबाट जिल्ला अनुगमन समेत भैसकेकोले जिल्लालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गर्ने निर्णय भएको छ ।

जिल्ला समन्वय समिति रुकुम पश्चिमका उप प्रमुख देवबहादुर बिकको अध्यक्षतामा बसेको बैठकले असार ३१ मा रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको लागि प्रदेश खोप समन्वय समितिको अनुमति माग गर्ने निर्णय गरेको छ ।

बैठकले ३१ गते सदरमुकामस्थित बाल मन्दिरमा भव्य कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने निर्णय गरेको छ । घोषणाको लागि स्वास्थ्य सेवा कार्यालयले आवश्यक प्रचार प्रसार गरेर सम्बन्धित निकायको समन्वयमा तयारी कार्यलाई तिब्र बनाउने समेत निर्णय भएको छ ।

अहिले सम्म जिल्लाको त्रिवेणी गाउँपालिकालाई र आईतबार आठबिसकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । मुसिकोट नगरपालिकालाई भने यस अघि नै घोषणा गरिसकिएको छ ।

यस्तै सोमबार चौरजहारी नगरपालिका, सानीभेरी र बाँफिकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित गरिने जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार