जन्मदिनको अवसरमा बिरामीलाई फलफूल वितरण

जन्मदिनको अवसरमा बिरामीलाई फलफूल वितरण

रुकुमकोट । रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई रोक्दै विभिन्न मानविय सहायता गर्नुभएको छ । उहाँले बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान, विपद राहत कोषमा रकम जम्मा र बिरामीलाई फलफूल बाँडेर जन्मदिन मनाउनुभएको हो ।

जाजरकोट घर भई हाल रुकुम पुर्वमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत आचार्यले जन्मदिनको अवसर पारी उक्त सहयोग गर्नु भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले विपदका लागि राहत भन्ने मुल नारा राखेर रुकुम पूर्व जिल्ला भित्रका जुनसुकै खालका विपदहरुमा सहयोग गर्ने मनसायका संचालन गरिएको कोषमा ५ हजार १११ रुपैयाँ रकम जम्मा गर्नु भएको छ।

त्यसैगरी उहाँले रुक्मिणी माध्यामिक बिद्यालयमा कक्षा ९ मा अध्ययनरत प्रिया बुढाथोकी र त्रिभुवन जनता माध्यामिक बिद्यालयमा कक्षा ९ मा अध्ययनरत राम गौतमलाई ड्रेस, झोला सहित शैक्षिक सामाग्री समेत प्रदान गर्नु भएको छ ।

यस्तै आर्थिक अवस्था कमजोर भएका २ बिद्यालयका एक एक जना बिद्यार्थीलाई शैक्षिक क्रियाकलापमा मद्धत पुगोस भन्ने उद्धेश्यका साथ सहयोग गरिएको उहाँको भनाई छ ।जन्मदिनकै अवसरमा उहाँले आज बुधबार रुकुम पूर्व अस्पतालमा पुगेर बिरामीलाई फलफूल समेत वितरण गर्नु भएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार