कोरोनाबाट एक जनाको मृत्यु

कोरोनाबाट एक जनाको मृत्यु

नेपालमा दुई महिनापछि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७० दिनपछि (१ साउन ) मा एक संक्रमितको मृत्यु भएको हो ।

यसभन्दा अगाडी वैशाख २४ एक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ ।
जनस्वास्थ्यविद्का अनुसार धेरै अन्तरालपछि कोरोना संक्रमितको साथै मृत्यु हुनुले अर्को लहर (चौथों) भइसकेको छ ।  मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार ५९ जना संक्रमित निको समेत भएका छन् । अहिले देशभर एक हजार १,४३९ जना सक्रिय संक्रमित छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार