प्रार्थना समयमा विद्यालयमा पिटि गीत

प्रार्थना समयमा विद्यालयमा पिटि गीत

रुकुमकोट । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले पिटि गीत तयार पारेको छ । गाउँपालिका भित्रका सामुदायिक विद्यालयका विद्यार्थीका लागि लेखिएको पिटि गीत अब सबै विद्यार्थीले गाउनेछन् । विहान प्रार्थनाको समयमा सबै विद्यालयमा यो गीत गाइने छ ।

गाउँपालिकाको लगानीमा पिटि गीत तयार भएको छ । गीतको छायांकन पनि सुरु भएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामप्रसाद खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सबै विद्यालयमा सजिलै पिटि गराउन गीत तयार पारिएको बताउनुभयो ।

‘हामी विद्यार्थी हौं’ बोलको गीत स्वय खड्काले नै लेख्नुभएको हो । गीतमा हेमन्त शिशिर र सन्ध्या आचार्यले स्वर दिनुभएको छ । गीतको संगीत राजेन्द्र खड्काले गर्नुभएको हो । पुथाउत्तरगंगा गाउँपालिकामा ४६ सामुदायिक विद्यालय र ११ बाल विकास केन्द्र गरी ५७ वटा विद्यालय रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार