बसपार्क निर्माण भएको दुई वर्षपछि सञ्चालानको तयारीमा

बसपार्क निर्माण भएको दुई वर्षपछि सञ्चालानको तयारीमा

रुकुमकोट । निर्माण सम्पन्न भएको लामो समयपछि रुकुम पूर्वमा बसपार्क सञ्चालनमा ल्याउने तयारी गरिएको छ । रुकुमकोट स्थित काजिन्द्रामा रहेको बसपार्कलाई सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

रुकुमकोटमा पार्किङ समस्यालाई व्यवस्थित बनाउन सिस्ने गाउँपालिकाले दुई आर्थिक वर्षको बजेटबाट बसपार्क निर्माण गरेको थियो । निर्माण सम्पन्न भए पश्चात २०७७ असोज २१ मा प्रतिनिधिसभा सदस्य कमला रोकाले बसपार्कको उद्धघाटन समेत गर्नुभएको थियो । तर अहिलेसम्म बसपार्क सञ्चालनमा आउन सकेको छैन ।

बजार क्षेत्र देखि बसपार्क केहि टाढाको दुरिमा छ । जसका कारण यातायात व्यवसायीले टिकेट काउन्टर बसपार्क लैजान सकेका छैनन । सम्बन्धित निकायले पनि काडाईका साथ पहल लिन नसक्दा निर्माण गरिएको बसपार्कमा झाडि भरिएको छ ।

दुई वर्षसम्म प्रयोग विहिन भएको बसपार्क साउन ७ गतेबाट सञ्चालनमा ल्याउने तयारी भएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । वसपार्क सञ्चालनमा ल्याउन प्रशासन र स्थानीय सरकारले आवश्यक कदम चालिरहेको उहाँले बताउनुभयो ।

केहि दिन अघि मात्रै जिल्ला प्रशासन कार्यालय रुकुमकोटमा सिस्ने सरकारका प्रतिनिधि, जिल्ला समन्वय समिति, होटेल व्यवसायी संघ, यातायात व्यवसायी र विभिन्न राजनीतिक दलका प्रतिनिधिसहितको बैठकले साउन ७ गतेसम्म बसपार्क सञ्चालनमा ल्याउने सहमति गरेको थियो ।

यस्तै सहमति अनुसार बसपार्कमा सरसफाईको काम पनि गरिएको छ । अव्यवस्थित पार्किङले निम्त्याउने जोखिमलाई मध्यनजर गर्दै तत्काल बसपार्क सञ्चालनमा ल्याउन आवश्यक तयारी जारी राखिएको उपाध्यक्ष गोपाल रेउलेले बताउनु भएको छ ।

बसपार्क निर्माण भएपनि प्रयोगमा नआउदा अहिले छिप्रीदह, कमलदह र चोकबजारका दाया बायातिर साना ठुला गाडी पार्किङ हुदैँ आएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार