राप्ती राजमार्ग अवरुद्ध

राप्ती राजमार्ग अवरुद्ध

अविरल वर्षातका कारण सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै ठाँउठाँउमा गएको पहिरोले राप्ती राजमार्ग सोमबार राति साढे १२ बजेदेखि अवरुद्ध भएको छ । वर्षातका कारण निरन्तर ढुंगा र लेदोसहितको माटो खसिरहेको र पन्छाउन कठिन भएकाले राप्ती राजमार्ग अवरुद्ध भएको हो ।

पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध भएपछि दर्जनौं गाडीमा सवार यात्रु बीच सडकमै अलपत्र परेका छन् । पहिरो खसिरहेकाले उनीहरुलाई हिँडेर आउजाउमा समेत कठिनाइ भएको छ ।

वर्षातका कारण चोरखोला नजिकै चार स्थानमा ठूलो पहिरो गएकाले राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनु भयो । सुरक्षाकर्मी डोजरसहित पहिरो हटाउन रातिदेखि खटिएपनि पहिरो खसिरहेकाले पन्छाउन कठिन भएको उहाँले जानकारी दिनुभयो।

सुरक्षाकर्मीको टोलीले राति एक बजेतिर डोजर प्रयोग गरेर पहिरो हटाई सडक खुलाएको थियो । वर्षात नरोकिँदा फेरि ठाँउठाँउमा पहिरो गएपछि सडक पुनस् अवरुद्ध भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार