दुर्घटना रोक्न २९ जना ब्राह्रामण राखेर त्रिपिंडी श्राद्ध

दुर्घटना रोक्न २९ जना ब्राह्रामण राखेर त्रिपिंडी श्राद्ध

दाङको तुलसीपुर उपमहानगरपालिका–८ चमीखोला पुलमा दुर्घटना रोक्नका लागि २९ जना ब्रह्रामण राखेर त्रिपिंडी श्राद्ध गरिएको छ । महिला, बालबालिका समेत गरेर हालसम्म करिब १५ जनाको अकालमा ज्यान गएको र अधिकाँस सवारी दुर्घटना पनि सोही पुलमा हुने भएकाले यसलाई रोक्नका लागि त्रिपिंडी श्राद्ध गरिएको आयोजक समितिका उपसंयोजक जितबहादुर खड्काले जानकारी दिनुभयो ।

बढ्दो सवारी दुर्घटना रोक्न स्थानीयहरुले आफै पैसा उठाएर २९ जना ब्राह्रामण बोलाएर पुजापाठ गरेका हुन् । घुम्ति समेत रहेको उक्त पुलबाट ट्रक, टेक्टर, जिप, मोटरसाईकल, अटो समेत गरेर अहिलेसम्म करिब आधादर्जन सवारीसाधन खोलमा खसेका छन् भने सडकमा दर्जनौ सवारी दुर्घटना भएको स्थानीयहरुले बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–७ को ग्वारखोलामा पनि दिउँसै ढुंगा, डल्ला र बालुवाले हान्ने तर मान्छे नदेखेर डराइरहेको अवस्थामा ब्राह्रामण राखेर त्रिपिंडी श्राद्ध गरेपछि घरमा हान्न छाडेको ब्राह्रामण दुर्गा प्रसाद भुसालको दाबी छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार