सल्ले अस्पतलामा ५० केभीएको ट्रान्सर्फमर जडान गरिदै

सल्ले अस्पतलामा ५० केभीएको ट्रान्सर्फमर जडान गरिदै

मुसिकोट । रुकुम पश्चिम स्थित जिल्ला अस्पताल सल्लेमा नियमित विद्युत् आपुर्तिका लागि ५० केभीए को ट्रान्सर्फमर जडान गर्ने काम सुरु गरिएको छ । अस्पतालमा बिगत लामो समय देखि अनियमित हुँदै आइरहेको बिधुत समस्या समाधानको लागि मुसीकोट नगरपालिका र नेपाल बिधुत प्राधिकरण रुकुम पश्चिम बितरण केन्द्रको पहलमा ट्रान्सर्फमर जडान कार्य सुरु भएको हो ।

केहि दिन जिल्ला अस्पताल सल्लेमा नियमित विद्युत आपूर्तिमा देखिएको समस्या समाधानको प्रयास स्वरुप मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसी र विद्युत प्राधिकरण रुकुम पश्चित वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले अनुगमन गर्नुभएको थियो ।

अनुगमन पश्चात अस्पतालमा विद्युत समस्या कम गर्न अस्पतालका लागि मात्रै छुट्टै ५० केभीएको ट्रान्सर्फमर जडान गर्ने कार्य सुरु गरिएको बताइएको छ ।

अब अस्पतालका लागि मात्रै छुट्टै ५० केभीएको ट्रान्सर्फमर जडान गरेपछि विद्युत अनियमितताको समस्या कम हुने कार्यालय प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले विद्युत पोल गाड्ने काम भईरहेको छ । एक हप्ता भित्र उक्त ट्रान्सर्फमर सन्चालनमा ल्याउने उदेश्य रहेको प्रमुख भट्टराईले बताउनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार